काठमाडौं । शुक्रबार बिहान सात बजेदेखि नेपालभर मतदान सुरु भएको छ । मतदान साँझ ५ बजेसम्म जारी हुने निर्वाचन आयोगले जनाएको छ ।
यतिबेला देशभरका मतदाताहरु मतदान केन्द्रमा पुगि मतदान गरिरहेका छन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिहान ७ बजे नै मतदान भक्तपुरको लोकन्थलीस्थीत उपस्वास्थ चौकी बुथबाटमतदान गरेका छन् भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृह जिल्ला चितवनको भरतपुर महानगरपालिका–१४ मा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् ।
यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा पुगेर मतदान गरेका छन् । गृहमन्त्री बालकृष्ण खाणले पनि रुपन्देहीको तिलोत्तमा नगरपालिका –८ ज्योति मावि ज्योतिनगर मतदान केन्द्रमा मतदान गरेका छन् ।
संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तह निर्वाचन हुन लागेको हो ।