November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

चितवनको भरतपुर महानगरपालिकामा मतगणना सुरु

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा मतगणना सुरू भएको छ । वडा नम्बर १ का तीन वटा मतपेटिका खोलेर मतगणना सुरू भएको हो ।

भरतपुरका २९ वटै वडामा मतदान सकिएपछि मुचुल्का उठाएर चितवन उद्योग संघको प्रदर्शनी केन्द्रस्थित मतगणना स्थलमा ल्याइएको थियो ।

भरतपुर महानगरपालिकामा गठबन्धनबाट रेनु दाहाल, नेकपा एमालेबाट विजय सुवेदी मेयर पदको उम्मेदवार छन् भने नेपाली काँग्रेसको असन्तुष्ट समूहको नेतृत्व गरेर जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनीहरूबाहेक मेयरमा दुई दर्जन उम्मेदवार छन् ।

Advertisement