November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

विवाद भएपछि भरतपुर महानगरको मतगणना स्थगित

काठमाडौं : भरतपुर महानगरपालिकाको मतगणना स्थगित भएको छ। मतगणनाको क्रममा धाँधली गर्न खोजेको एमालेको आरोपपछि मतगणना स्थगित हो। 

मतपत्रमा हँसिया हथौडा र कांग्रेस दुवैमा छाप देखिएको गठबन्धनले सदर हुनुपर्ने र एमालेले बदर हुनुपर्ने भनेपछि विवाद भएको थियो। 

महानगरमा पाँच दलीय गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रेनु दाहाल र एमालेबाट विजय सुवेदी चुनावी मैदानमा छन्।  

Advertisement

पछिल्लो मतपरिणामअनुसार रेनुले ५ हजार ३ सय ५० मत ल्याउँदा एमालेका सुवेदी ५ हजार ३ सय ३३ मत ल्याएका छन्। रेनु र सुवेदी बीच मत गणना सुरु भएदेखि नै कडा प्रतिस्पर्धा देखिएको छ।

गठबन्धन विरुद्धका बागी उम्मेदवार जगन्नाथ पौडेल २ हजार ५ सय ५८ मत ल्याएका छन्।