November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका- १ मा स्वतन्त्र प्यानल नै विजयी

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर- १ मा स्वतन्त्र उम्मेदवारको प्यानल नै विजयी भएको छ । सुन्दर ओलीसहितको प्यानल विजयी बनेको हो ।

धारो चुनाव चिन्ह पाएका ओली ५ सय ६० मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका लक्ष्मण ओलीले ४ सय १७ मत प्राप्त गरेका थिए भने काँग्रेसबाट उम्मेदवार बनेका मुस्कान ओलीले ४४ मत पाए ।

स्वतन्त्रबाट जितेका ओली माओवादी केन्द्रको त्रिवेणी गाउँपालिका उपाध्यक्ष थिए । पार्टीबाट टिकट नपाएपछि उनले आफूसँगै सिंगो प्यानलमा नै स्वतन्त्र उम्मेदवारी गराएका थिए ।

Advertisement

यद्यपि माओवादीबाट आधिकारीक उम्मेदवारबारे पार्टीमा विवाद भयो । तर पार्टी निर्णय विपरीत स्वतन्त्र उम्मेदवारी दिएपछि उनलाई माओवादीले ६ महिनाका लागि निलम्बन समेत गरेको छ। हाल उनी पार्टीको जिम्मेवारीमा छैनन् ।