November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको अग्रता

धरान । धरान महानगरपालिकामा ३० हजार मतगणना हुँदा मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिएका छन्। मध्याह्न १२ बजेसम्म ३० हजार ४५९ मतगणना सकिँदा साम्पाङ ८८१८ मत प्राप्त गरेर अग्रता कायम गरेका छन्।

गठबन्धनका मेयर उम्मेदवार किशोर राईले ८६७८ मत प्राप्त गरेर दोस्रो स्थानमा छन् भने नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारीले ७०६६ मत प्राप्त गरेकी छिन्।

यस्तै, उपमेयरमा भने गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाले ९७४५ मत प्राप्त गरेका छन्।
एमालेका उम्मेदवार पदम इस्वोले ९४०१ मत प्राप्त गरेका छन् ।

Advertisement

धरानको वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ९, १०, १८ र १९ को मतगणना सम्पन्न भइसकेको छ। अहिले वडा नम्बर ८, ११ र १२ को मतगणना जारी छ। वडा नम्बर २० को मतगणना स्थगित गरिएको छ।