November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

नेपालगञ्ज उपमहानगरपालिकामा कांग्रेसका प्रशान्त विष्ट विजयी

काठमाडौं : नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त विष्ट निर्वाचित भएका छन्। 

उनले २३ हजार ४६० मत पाए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पशुपति दयाल मिश्रले ११ हजार ६ सय ७५ मत प्राप्त गरे।  विष्ट गठबन्धनका साझा उम्मेदवारसमेत हुन्। 

यस्तै उपप्रमुखमा जनता समाजवादी पार्टीका मरुद्दिन राई १७ हजार ९५० मतसहित निर्वाचित भए।

Advertisement

नेपालगञ्जमा जसपाले ६ वडाध्यक्ष, नेपाली कांग्रेसले ५ वडाध्यक्ष, माओवादी केन्द्रले ४ वडाध्यक्ष, एमालेले ५ वडाध्यक्ष र राप्रपाले ३ वडाध्यक्ष जितेको छ।

यस अघि घोराही नगरपालिकाको मेयरमा एमालेका नरुलाल चौधरी विजयी भएका छन् भने जितपुरसिमरा उपमहानगरमा माओवादीका राजन पौडेल विजयी भएका थिए।