काठमाण्डौं । स्थानीय निर्वाचन २०७९ को मतगणना अन्तिम चरणमा आइपुगेको छ । गत बैशाख ३० मा मुलुकभरका ७५३ स्थानीय तहहरुका लागि भएको निर्वाचनबाट ३२० वटा पालिकाहरुको मतपरिणाम घोषणा भइसकेको छ भने ३३ वटा पालिकाहरु मात्रै मतपरिणाम आउने क्रममा छ ।
नेपाल मामिलाले यो समाचार तयार गरिरहँदा नेपाली काँग्रेसले ३१८ पालिकाहरुमा जीत हासिल गरेको छ भने नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले १९६ पालिकाहरुमा बिजयी भएर दोस्रो स्थानमा रहेको छ । त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (माओवादी) १२० पालिकाहरुमा विजय भएर तेस्रो स्थानमा रहेको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले क्रमश २९, १७ र १४ पालिकाहरु जितेर चौथो, पाँचौं र छैठौ स्थानमा रहेका छन् । स्वतन्त्रतर्फ २९ जना उम्मेदवारहरु आआफ्नो पालिकाहरुमा विजय हासिल गरेका छन् ।
बाँकी ३३ वटा पालिकाहरुको मतगणना भइरहँदा नेपाली काँग्रेस ७ र एमाले १० वटा पालिकाहरुमा अग्रता लिइरहेका छन् । बाँकी दलहरु माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, लोसपा प्रत्येक दल दुई–दुई स्थानमा अग्रता लिइरहेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारहरुतर्फ बाँकी दुई जनाले अग्रता लिइरहेका छन् ।
६ वटा महानगरपालिकाहरुमध्ये विराटनगरको प्रमुखमा नेपाली काँग्रेसका नागेश कोइराला निर्वाचित भइरहेका छन् भने बाँकी ५ वटामा मतगणना जारी छ । काठमाण्डौमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह ४२९०२ मतका साथ काँग्रेसकी सिर्जना सिंह (२४८६७ मत) भन्दा १८,०५३ मतको अन्तरले अघि छन् ।
पोखरा नगरपालिकाको मतगणना अन्तिम हुनलाग्दा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य ४५०२७ मतका साथ एमालेका कृष्ण बहादुर थापा (४१५९० मत) भन्दा ३४३७ मतले अघि छन् ।
भरतपूरमा भने नेकपा माओवादी (३३२३९ मत) लाई एमालेका बिजय सुवेदी (३३२३९ मत) ले पछ्याइरहेका छन् । ललितपूरमा काँग्रेसका चिरीबाबु महर्जनले र वीरगञ्जमा जसपाका राजेशमा सिंहको जीत निश्चित जस्तै भइसकेको छ ।