November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

जनप्रतिनिधि जनताको सेवक बन्नु पर्छः रविप्रकाश राई

इटहरी । खोटाङको साकेला गाउँपालिकाका नव निर्वाचित अध्यक्ष रवि प्रकाश राइले जनप्रतिनिधि जनताको सेवक बन्नु पर्ने बताएका छन् । गाउँपालिकाले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष राईले जनतालाई मालिक बनाएर जनप्रतिनिधि २४ सै घण्टा जनताको सेवामा खट्नु पर्ने बताए ।

निवर्तमान पदाधिकारीहरुलाई गाउँपालिकाको भाग्य र भविष्य प्रति गरेको राम्रा बिकासका कामहरुलाई निरन्तरता दिने उद्घोष गर्दै अध्यक्ष राइले गाउँपालिकाको भविष्य प्रतिको योजनालाई आत्मसाथ गर्दै समृद्ध साकेला गाउँपालिकाको सपना पुरा गर्ने प्रतिवद्धता जनाए ।

नव निर्वाचित पदाधिकारीलाई सपथ ग्रहण गराए पस्चात अध्यक्ष राइले चुनावी अभियानका क्रममा घोषणपत्र मार्फत जनतालाई बाढिएका सपना पुरा गर्नु पर्नेमा जोड दिँदै अब आफ्नो राजनीति प्रतिको आस्थालाई ठाउँमा राखेर गाउँपालिकाको धरातलमा रहेर जनता हितमा काम गर्नु पर्ने बताए ।

Advertisement