November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

काठमाडौंका मेयर बालेनसँग सहकार्य गर्न पार्टी तयार रहेको माधव नेपालको उद्घोष

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महनगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले लोकप्रिय मतसहित काठमाडौंको मेयरमा निर्वाचित साहसँग मेयर महानगरपालिकालाई उत्कृष्ट सहर बनाउने लगायतका विषयमा सहकार्य गर्न तयार रेहको बताएका हुन् ।

अध्यक्ष नेपालले साहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिएका छन् । ‘यहाँले सार्वजनिक रूपमा प्रतिबद्धता गरेअनुरूप काठमाडौंलाई उत्कृष्ट सहर बनाउनेलगायतका सबै असल कार्यमा सहयोग एवं सहकार्य गर्न हाम्रो पार्टी सदैब तत्पर रहेको छ,’ नेपालले जारी गरेको सन्देशमा भनिएको छ ।

नेता नेपालले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित उपप्रमुख, वडाध्यक्षहरू तथा सम्पूर्ण जनप्रतिनिधिहरूलाई समेत बधाई तथा शुभकामना दिएका छन् ।

Advertisement