November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्ने भएको हो ।

बैठकमा सरकारले प्रस्तुत गरेको २०७९÷०८० को नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले १० जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

Advertisement

कार्यक्रममाथि सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरूले धारणा राखिरहेका छन् ।