November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

ओलीलाई फेरि प्रधानमन्त्री भएर देखाउन प्रचण्डको चुनौती

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन् ।

प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले ओलीलाई पहिलो र दोस्रो दुवैपटक माओवादी केन्द्रको वैशाखी टेकेर प्रधानमन्त्री भएको बताए । ‘अब भएर देखाउनुस् त मानौंला, अबको चुनावपछि ।’, प्रचण्डले भने ।

प्रचण्डले राष्ट्रिय सभा सदस्य, संघ र प्रदेश सरकार गुमाइसक्दा पनि केपी ओली नसच्चिएको भन्दै अझै दम्भबाट पछि नहटेको बताए ।

Advertisement

पुनर्समीक्षमा जानुहुन्छ कि भनेको त उहाँ त खाली गाली र बदनामी गर्ने,’ प्रचण्डले भने, ‘मेरो दृष्टिमा आफ्नो अहंकार र दम्भबाट पछाडि हट्नुभएको छैन् ।’