November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

बलिदानलाई फेरेर ओलिदान शब्द बनाउँ: सांसद महत

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले संसद्मा गाली गर्नेलाई ३ घण्टा र कर्णालीको आवाज सुनाउनेलाई ३ मिनेट छुट्याइने बताएका छन् । उनले शनिबार प्रतिनिधिसभा बैठकमा आगामी नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा कर्णालीका आवाज प्राथमिकतामा नपर्ने बताएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको बिहीबारको सम्बोधनलाई लक्षित गर्दै उनले त्यसो गर्नाले आफूलाई अलि गाह्रो भइरहेको बताएका हुन् ।

एमालेले आफूले धित मरुन्जेल बोल्ने र अरुले बोल्दा अवरोध गर्ने गरेको बताए । ’सदनभित्र हिजो प्रतिपक्षको हर्कत हेर्दा बोल्न पाइँदैन कि भन्ने लाग्याथ्यो अलि ठूलो स्वर ग¥यो भने अवरोध हुने हो कि भनेर म चिन्तामा छु उहाँहरू धित मरुन्जेल यहाँ गाली गर्नुहुन्छ तपाईंहरू धित मरुन्जेल बोल्नुहोला,’ उनले भने ।

Advertisement

त्यस्तै रोस्ट्रमबाट तालाचाबी देखाउँदै उनले भने, ‘हामी बोल्ने बेला तालाचाबी लगाइदिनुहोला, अनि जतिबेला बोल्न मन लाग्छ आउनुहोला र तालाचाबी खोल्नुहोला ।’

त्यस्तै उनले संसद्मा सम्बोधन गर्दा दुइटा शब्द सच्याइनुपर्ने भन्दै व्यंग्यसमेत गरे । उनले भने, ’हिजो सच्याउने कुरा आयो, यहाँ दुइटा शब्द सच्याउने पर्ने भयो दानवीर बलीको ठाउँमा दानवीर ओली राख्नुप¥यो सभामुख महोदय, त्यस्तै बलिदानको ठाउँमा ओलीदान बनाउनुप¥यो किनभने उहाँले बलिदानलाई त स्वीकार्नुहुँदैन ।’

उनले सरकारलाई कृषिलाई प्राथमिकतामा राख्न पनि आग्रह गरे । ’पाँच लाख युवालाई १/१ लाख रुपैयाँका दरले सूर्यमुखी र भटमास लगाउन योजना ल्याउनुप¥यो . त्यस्तै १० लाख किसानलाई भैंसी पाल्न लगाएर मलको अभाव हटाउनुप¥यो,’ उनले भने ।