November 14, 2026, Saturday
२०८३ कार्तिक २८
1:37:26 pm

श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएकी महिलाको मृत्यु

काठमाडौं । श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएकी चितवन कठारकी महिलाको मृत्यु भएको छ । बिहीबार साँझ श्रीमानले निर्घात कुटपिट गरेका खैरहनी नगरपालिका– १० की ४० वर्षीया ती महिलाको उपचारका क्रममा भरतपुरको सरकारी अस्पतालमा सोमबार राति मृत्यु भएको हो ।

महिलाका ४० वर्षीय श्रीमानलाई पक्राउ गरेर जबर्जस्ती करणी र ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

उपचारमा संलग्न चिकित्सक र उद्धार गरेका आफन्तका अनुसार श्रीमानको कुटाइबाट ती महिलाको कम्मरको तल्लो भागमा नराम्ररी चोट लागेको थियो । उनको गुप्ताङ पनि क्षतविक्षत भएको थियो ।

Advertisement

अस्पतालका अनुसार मलद्वारबाट लौरो छिराएका कारण महिलाको गुप्ताङसमेत क्षतविक्षत थियो । ढाडमा बेस्सरी कुटपिट गरेका कारणले आङको हड्डीमा पनि चोट लागेको थियो । उनको सोमबार दिउँसो शल्यक्रिया भएपछि अवस्था सुधारोन्मुख नै रहेको थियो । राति एकपटक शौचालय पनि गएको कुरुवाहरुले बताएका थिए । तर मध्यरातमा मुटुको चाल एक्कासि बन्द भइ उनको मृत्यु हुन पुगेको अस्पतालले जनाएको छ ।

अस्पतालमा रहेका आफन्तका अनुसार श्रीमान–श्रीमतीबीच सधै झैं भगडा हुन्थ्यो । तर यो पटक अति नै भएको उनीहरुले बताए । कुटपिट गर्ने श्रीमानलाई तत्कालै गाउँलेहरुले समाएर प्रहरीको जिम्मा लगाएका थिए ।