November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

तत्काल मन्त्री हेरफेर नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने झलनाथ खनालको चेतावनी

काठमाडौं। नेकपा (एकिकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले तत्काल मन्त्री हेरफेर नगरे गठबन्धनको सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् ।

आइतबार समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ मन्त्रीको नाम बुझाएका थिए । प्रधानमन्त्री देउवाले नयाँ मन्त्री नियुक्तिक सिफारिसमा आनाकानी गरेपछि वरिष्ठ नेता खनालले सिफारिस गरेका नामलाई तत्काल मन्त्रीमा नियुक्त गर्नुपर्ने बताएका हुन् ।

पार्टीको सचिवालय बैठकको निर्णय अनुसार नै गरिएको उक्त निर्णय प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् हेरफेरमा असहमति देखाएपछि सरकारलाई दिएको सर्मथन फिर्ता लिने उनको चेतावनी रहेको छ ।

Advertisement

यसअघि आइतबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले सरकारमा ६ महिना पूरा भएका मन्त्रीहरू रामकुमारी झाँक्री, प्रेम आले, कृष्णकुमार श्रेष्ठ र विरोध खतिवडा, मेटमणी चौधरीलाई फिर्ता बोलाउने र उनीहरूको ठाउँमा नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो।

समाजवादीले स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई मन्त्रीमा बढुवा गर्ने, चौधरीसहित शेरबहादुर कुँवर, जीवनराम श्रेष्ठलाई मन्त्री बनाउने र हिराचन्द्र केसीलाई राज्यमन्त्री बनाउने निर्णय गरेको छ ।