काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अबको डेढ वर्षभित्र काठमाडौं महानगरपालिका सबै तारहरु अन्डरग्राउन्ड हुने बताएका छन् । काठमाडौं महानगरको दोस्रो कार्यपालिका बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै मेयर साहले सरोकारवाला निकायसँग सहकार्य गरेर विद्युतिय तार भुमिगत गरिने बताएका हुन् ।
उनले भने, ‘विद्युत प्राधिकरणबाट अबको डेढ वर्षभित्र सबै तारहरु अन्डरग्राउन्ड हुन्छ भन्ने प्रतिबद्धता पाएको छु । त्यसमा महानगरपालिकाको सहकार्य रहनेछ ।’
हरेक महिनाको पहिलो सोमबार सडक, विद्युत्, खानेपानी लगायतका निकायका प्रमुखसँग बैठक आयोजना गर्ने र त्यसमा एक आपसबीच सहकार्यको समीक्षा गरिने बताउदै उनले सडक बत्तीदेखि ढलसम्मका समस्याहरु समाधानका लागि महानगर लागेको बताए ।
यस्तै, मेयर शाहले हरेक घरमा रिभर्स बोरिङ गर्नपर्ने प्रस्ताव अघि सारेका छन् ।