July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

म कुनै पनि गुटको भेलामा जान्नँ : वामदेव गौतम

काठमाडौं- नेकपा उपाध्यक्ष वामदेव गौतमले फुटको घोषणा गर्न मात्रै बाँकी रहेका बैठक र भेलामा आफूले भाग नलिने निर्णय गरेको बताएका छन्। सोमबार एक विज्ञप्ति जारी गर्दै आफू फेरि पनि पार्टी एकताको पक्षमा रहेको उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘त्यसका निम्ति अर्को निर्णय नहुँदासम्म म पार्टी एकीकरण बचाउन सकिन्छ कि भन्ने प्रयासमै रहनेछु। केपी ओलीले गरेको भेला होस् वा अरु कमरेडहरुले गर्नुभएको भेला नै किन नहोस्। ती सबै पार्टी फुटाउनका निम्ति भइरहेका छन्। म फुटको साक्षी बस्न सक्दिनँ।’

आफू पार्टी एकीकरण गराउनेमध्येको नेता बताउँदै अहिले पनि एकताको पक्षमा रहेको बताएका छन्। यसैगरी संसद् विघटनको गैरसंवैधानिक कदमको विरोध गर्ने बताएका छन्। 

Advertisement