काठमाडौं । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ४८ घण्टाभित्र पदबाट राजीनामा दिने भएका छन् ।
शुक्रबार बसेको नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकले ४८ घण्टाभित्र आलेले पदबाट राजीनामा दिने बताएको हो ।
मन्त्री आलेले पार्टीले गरेको निर्णयलाई मान्दै ४८ घण्टाभित्र राजीनामा दिने बताएका छन् ।
उनले छापामार शैलीमा मन्त्री फिर्ता बोलाउनुमा आपत्ति जनाए । उनले भने, ‘पछिल्लो समयमा फिर्ता गर्न छापामार शैलीमा निर्णय भयो ।’
यस्तै, ४ मन्त्रीसहित १० सांसदहरुले मन्त्री हेरफेरको विषयमा विरोध र असन्तुष्टि जनाएका छन् । शुक्रबार नै उनीहरुले संसदीय दलको बैठक बोलाउन पनि उनीहरुको माग छ ।