November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

ओलीको आलोचना गर्ने जिल्ला अध्यक्षलाई कारबाही

धनगढी । नेकपा एमाले कैलाली जिल्ला कमिटीका अध्यक्ष रतनबहादुर थापाको जिम्मेवारी खोसिएको छ । थापाले केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेपछि उनको जिम्मेवारी खोसिएको हो ।

एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको सोमबार बसेको बैठकले थापालाई अध्यक्षको जिम्मेवारीबाट हटाउने र दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो । प्रदेश कमिटीका सचिव धर्मराज पाठकका अनुसार जिल्ला कमिटीलाई साउन १५ गतेभित्र अध्यक्षको निर्वाचन गर्न पनि निर्देशन दिइएको छ ।

अध्यक्ष थापालाई कारबाही गर्न एमालेको जिल्ला कमिटीले प्रदेश कमिटीमा सिफारिस गरेको थियो ।

Advertisement