November 14, 2026, Saturday
२०८३ कार्तिक २८
1:37:26 pm

कुट्टोकोदालो, आकाशे पानीको भर गर्नुपर्ने स्थितिको अन्त्य गरौं- बाबुराम भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका सङ्घीय परिषद अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रिय धान दिवस (असार १५)कोे शुभकामना दिएका छन् । सामाजिक संजालमा खेतमा हलो जोतिरहेको तस्वीरहरु सार्वजनिक गर्दै उनले धान दिवसको शुभकामना दिएका हुन् ।

शुभकामनासँगै भट्टराईले अहिलेको युगमा पनि आकाशे पानीमा भर्नुपर्ने स्थितिको अन्त्य हुनेपर्ने बताएका छन् ।

‘अहिलेको युगमा पनि हलगोरू, कुट्टोकोदालो, आकाशे पानीको भर गर्नुपर्ने र मल, बीउ,कीटनासक औषधी, वित्त/बजारको अभाव भोग्नुपर्ने स्थितिको अन्त्य गरौं ! कृषिक्रान्ति पूरा गरौं !’, उनले लेखेका छन् ।

Advertisement