यस्ताकाठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन गरिएको छ । समितिमा नेपाली काँग्रेसका २ जना, माओवादी केन्द्रका २ जना र नेकपा एमालेबाट ४ गरी जम्म सदस्य रहने भएका छन् ।
त्यस्तै, नेकपा एकीकृत समाजवादीबाट एकजना र लोकतान्त्रिक समाजवादी पार्टीबाट एक जना रहने जनाइएको छ । समितिको संयोजक भने तोकिएको छैन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आर्थिक वर्ष २०७८÷७९को बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई सम्लग्न गराएको भन्दै छानबिनको माग गरेका थिए । सोहि बमोजिम ११ सदस्यीय समिति गठन गर्ने सहमति भएको हो ।