November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

जसपाको केन्द्रीय कार्यकारिणी तथा केन्द्रीय सदस्यबाट रेणु यादवले दिइन् राजीनामा

काठमाडौं । जनता समाजवादी पार्टीकी केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्द्रीय सदस्य रेणु कुमारी यादवले आफ्नो पदबाट राजीनामा दिएकी छन् । यादवले पार्टी अध्यक्षलाई राजीनामा पत्र बुझाएकी हुन् ।

उनले व्यक्तिगत कारण देखाउदै राजिनामा दिएकी हुन् । ‘मेरो व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको हुनाले मैले यस जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु। तसर्थ आजकै मितिदेखि लागु हुने गरी पार्टीले मलाई दिएको पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको व्यहोरा यहाँलाई जानकारी गराउँदछु,’ उनले राजीनामामा भनेकी छन् ।

यादव पछिल्लो समय पार्टीले गरेको मन्त्री हेरफेरको विषयमा असन्तुष्ट रहेकी थिइन् ।

Advertisement