November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलको बैठक बालुवाटारमा जारी छ ।साढे बिहान नौ बजेबाट बसेको बैठकमा सत्तारुढ दलका शीर्ष नेताहरू प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत सहभागी रहेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवासमा बसिरहेको बैठकमा नागरिकता विधेयक, आगामी निर्वाचनको मिति तोक्ने लगायतका विषयमा छलफल भइरहेको बुझिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आजै तीन दिने भारत भ्रमणमा जानुअघि गठबन्धनको बैठक बसेको हो ।

Advertisement