November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

चितवन ३ बाटै चुनाव लड्छु: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाटै चुनाव लड्ने भएका छन् । जापानमा रहेका प्रचण्डले मंगलबार पत्रकारहरूसँग ‘चितवनको क्षेत्र नम्बर ३ बाटै चुनाव लड्ने बताएका हुन् ।

उनले आफूले चार/पाँच महिना अघिदेखि नै चितवनबाटै चुनाव लड्ने बताइरहेको समेत उल्लेख गरे ।

कालिकोट, रूकुम, गोरखा, धनुषा, सिराहाका नेता/कार्यकर्ताले आफूलाई चुनाव लड्न आइदिन आग्रह गरिरहेको तर चितवन ३ बाटै चुनाव लड्ने बताउदै उनले भने, ‘साथीहरूलाई के परेको छ भने प्रचण्ड आए विकास तीव्र रूपमा हुन्थ्यो भन्ने छ । मैले साथीहरूलाई धन्यबाद भन्दै यसपटक चितवनबाटै लड्छु भनेको छु ।’

Advertisement

यस्तै, उनले जापानमा रहेका नेपालीलाई सहयोग गर्न पनि आग्रह गरेका थिए ।

‘देशभरको समृद्धिका लागि म सोच्छु, चितवन देशको केन्द्र र विकासको तीव्र गतिमा अघि जाने सम्भावना भएकोले एउटा सन्देश जाओस् भनेर चितवनलाई मैले महत्व दिइरहेको छु । म अपिल गर्छु, जापानमा रहेका साथीहरूले पनि सहयोग गर्नुहोस् ।’