November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

एकीकृत समाजवादीले तोक्यो आसन्न निर्वाचन तयारीको लागि जिम्मेवारी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीका लागि नेताहरूलाई जिम्मेवारी तोकेको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बुधबार बसेको सचिवालय बैठकले निर्वाचन प्रयोजनको लागि नेताहरुलाई जिम्मेवारी तोकेको हो ।

बैठकले निर्वाचन आयोगमा दल दर्ता गराउने जिम्मेवारी कार्यालय सचिव तथा उपमहासचिव डा. गंगालाल तुलाधरलाई जिम्मेवारी तोकेको छ । यस्तै, घोषणापत्रको मस्यौदा तयार गर्नको लागि पार्टीका उपमहासचिवहरू डा. गंगालाल तुलाधर, विजय पौडेल र प्रकाश ज्वालालाई जिम्मेवारी प्रदान गरेको छ ।

त्यसैगरी, उम्मेदवारीको मापदण्ड र छनोट विधि बारेमा प्रस्ताव तयार पार्ने जिम्मेवारी महासचिव भुसाललाई दिइएको छ ।

Advertisement