November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दैछ । नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको बैठक बोलाएका हुन् ।

स्रोतको अनुसार आइतबार अपराह्न ४ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

आगामी निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको हो । गठबन्धनले कार्यदललाई साउन मसान्तभित्र सिट बाँडफाँटको मोडालिटी तय गर्न जिम्मेवारी दिएको छ भने भदौ पहिलो साताभित्र सिट बाँडफाँटको टुंगो लगाउने गठबन्धनको सहमति छ ।

Advertisement

आगामी प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनमा तालमेल गरेर जाने सहमति गरेका काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच सिट बाँडफाँटको विषयमा भने सहमति भइसकेको छैन ।

यसअघि गत साता बसेको गठबन्धन बैठकले नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वको कार्यदल बनाएर सिट बाँडफाँटको मोडालिटी बनाउने जिम्मेवारी दिएको थियो । कार्यदलमा पाँच दलका ११ नेता सम्मिलित छन् । तर कार्यदलले पनि सिट बाँडफाँडको विषयलाई गति दिन सकेको छैन ।