November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै,बाबुराम र वामदेवका शर्तबारे छलफल हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

बैठकमा मंसिर ४ को संघीय र प्रदेशसभा निर्वाचनको तयारी, पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिनेबारे छलफल हुने भएको छ । यस्तै, पार्टीकोको चुनाव चिन्ह, नेपाल समाजवादी पार्टी र राष्ट्रिय एकता अभियानले राखेका शर्तहरुको बारेमा छलफल हुने बताइएको छ ।

मंगलबारको बैठकले बाबुराम भट्टराई र वामदेव गौतम नेतृत्वको पार्टीलाई आफ्नै चुनाव चिन्ह दिएर चुनावमा जान दिने निर्णय गरेको थियो ।

Advertisement