November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

चोलेन्द्रशमशेर विरूद्धका २१ आरोपबारे अध्ययन गर्दै महाअभियोग समिति, आज पनि समितिको बैठक बस्दै

काठमाडाैं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धको महाअभियोगबारे छलफलका लागि महाअभियोग सिफारिस समितिको बैठक बस्दैछ। सभामुख अग्निप्रसाद सापकोटाले सहजीकरण बैठक राखेर अध्ययन अघि बढाउन आग्रह गरेपछि बुधबार बैठक  बस्न लागेको हो। बैठक साढे ११ बजे सिंहदरबारमा बस्नेछ। 

राणाविरूद्धको महाअभियोग प्रस्ताव प्रतिनिधि सभाले साउन २२ मा समितिमा पठाएको थियो। समितिले त्यस विषयमा पहिलो पटक छलफल गर्न लागेको हो।  यस प्रस्तावमा समितिले बढीमा तीन महिनाभित्र आफ्नो काम सक्नुपर्नेछ।

राणाविरूद्ध गत  फागुन १ मा संसदमा महाअभियोग दर्ता भएको थियो। महाअभियोगका लागि २१ बुँदे आधार सत्तारूढ दलहरूले पेश गरेका थिए। राणाले  लोकतन्त्र, मानव अधिकार, जनताको न्याय, विधिको शासन, संवैधानिक स्वतन्त्रता र जिम्मेवार न्यायपालिकाको जगर्ना गर्न नसकेको भन्दै सत्तारूढ दलका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए। 

Advertisement

महाअभियोग दर्ता भएसँगै राणा निलम्बनमा परेका थिए। उनीमाथि लागेका आरोपबारे समितिले बुधबारबाट अध्ययन गर्ने भएको हो।