काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बसेको बैठक निष्कर्ष विहीन भएको छ । पदाधिकारी टुंगो लगाउन भन्दै बसेको बैठकले पदाधिकारीसहित अन्य सांगठनिक संरचनालाई पूर्णता दिन नसके पछि शनिबार दिउँसो १ बजे पुनः बैठक बसेर यस विषयलाई टुंग्याइने जनाइएको छ ।
बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको विषयमा गम्भीर छलफल भएपनि निष्कर्ष निस्कन बाँकी रहेको बताए ।
आजको बैठकमा बोल्ने अधिकांश स्थायी कमिटी सदस्यले पदाधिकारी टुंग्याएर चुनावमा जानुपर्ने धारणा राखेका थिए । पदाधिकारी टुंग्याएर चुनावमा जानुपर्ने विषयमा बैठक नेताहरु एकमत रहेको र शनिबारको बैठकले पदाधिकारी चयन गर्ने बताइएको छ ।