November 9, 2026, Monday
२०८३ कार्तिक २४
1:37:26 pm

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सर्वोच्चमा सुनुवाइ सुरु

काठमाडौं–प्रतिनिधिसभा विघटनसम्वन्धी मुद्दाको सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ।

मुद्दाको सुनुवाइ गर्न संवैधानिक इजलास तोकिएको छ। जसमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीलाई तोकिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्। विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ थान रिट पेश भएका छन्। 

Advertisement