काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ । केहीबेर अघि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकले पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने बताइएको छ ।
पदाधिकारी टुंगो लगाउन भन्दै बोलाइएको शुक्रबारको बैठक निष्कर्षविहीन भएपछि आज पुनः बैठक बसेको हो ।
पदाधिकारीको विषयमा गम्भीर छलफल भएपनि निष्कर्ष निस्कन बाँकी रहेको र आजको बैठकले यस विषयलाई टुंग्याउने प्रवक्ता कृष्णबहादुर महराले बताएका छन् ।