November 14, 2026, Saturday
२०८३ कार्तिक २८
1:37:26 pm

सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमायौँ: राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवादी चिन्तक एवम् नेपाली काँग्रेसका नेता प्रदीप गिरीको निधनले अत्यन्तै दुःखी बनाएको बताएकी छन् ।

गिरीको निधनबाट सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएको उल्लेख गर्दै उनले ट्वीट गरेकी छन्, ‘समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधनको खबरले अत्यन्त दुखी बनाएको छ ।’

राष्ट्रपति भण्डारीले गिरीप्रति श्रद्धाञ्जली अर्पणसहित शोकाकुल परिवारमा समवेदना प्रकट गरेकी छन् ।

Advertisement

७५ वर्षीय क्यान्सरपीडित गिरीको गए राति ९ बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ ।