काठमाडौं । सत्ता गठबन्धनको मंगलबार बसेको बैठक बिनानिष्कर्ष टुंगिएको छ । आगामी निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक विहीबार पुनः बस्नेगरी टुंगिएको हो ।
बैठकमा काँग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा र कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, उपाध्यक्ष प्रमेश हमाल, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, नेता रकम चेम्जोङ, जनमोर्चाबाट महासचिव मनोज भट्ट र सचिव हिमलाल पुरी लगायतका गठबन्धनका शीर्ष नेताको सहभागीता थियो ।
एक नेताको अनुसार भदौ ९ गतेभित्र सिट बाँडफाँट टुंग्याउने सहमति भएको छ ।