November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे एमाले अध्यक्ष ओली

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटार देउवा र ओलीबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उनीहरुबीच नागरिकता विधेयक र  प्रतिनिधिसभा बैठक प्रस्तुत भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ र आसन्न निर्वाचनका बारेमा छलफल भएको हो।

पछिल्लो समय सरकारका कामप्रति एमाले असन्तुष्ट रहँदै आएको छ। अध्यक्ष ओलीले सरकारले संसदमा टेबुल गरेको  प्रस्तुत गरेको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक च्यात्नु पर्ने अवस्था नआओस भन्दै चेतावनी दिँदै आएका छन्। 

Advertisement

ओलीले नागरिकता विधेयकमा राष्ट्रपतिले दिएको सुझाबलाई नसमेटेर हतार हतार पास गरेर राष्ट्रियसभामा पठाएकोमा पनि आपत्ति जनाएका छन्। 

प्रधानमन्त्रीबाट बाहिरिएपछि ओली पहिलो पटक बालुवाटार पुगेका हुन्। कांग्रेस नेता मिनेन्द्र रिजालले हिजो एमाले अध्यक्ष ओलीलाई बालकोट पुगेर भेटवार्ता गरेका थिए।