November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

प्रचण्डको चेतावनीः काँग्रेसले परिस्थिति नबुझे एमाले बाहेकको वाम गठबन्धन हुन्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेकै गठबन्धनबाट निर्वाचन लड्ने बताए । आइतबार माओवादी केन्द्रको बागमती प्रदेश कमिटी बैठकमा बोल्दै उनले काँग्रेससँग अविश्वास र नेकपा एकीकृत समाजवादीसँग अफ्ठ्यारो भए पनि त्यसलाई मिलाएर अघि बढ्नुपर्ने बताएका हुन् ।

काँग्रेसले परिस्थिति नबुझे एमाले बाहेकको वाम गठबन्धन हुने चेतावनी दिए । सत्ता गठबन्धनमै पनि एकातिर काँग्रेस र अर्कोतिर नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा लगायतका वाम दलहरू रहेको उनको भनाइ थियो । यद्यपी गठबन्धन गरेर अघि बड्नुपर्नेमा नै उनले पटक–पटक जोड दिएका थिए । काँग्रेस सहितकै गठबन्धन हुने उनले बताए ।

यस्तै, कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि आन्दोलन गर्नुपर्ने बताएका छन् । मंसिर ४ को चुनावपछि प्रत्यक्ष कार्यकारी राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणालीका लागि आन्दोलन गर्न तयार हुन निर्देशन समेत दिएका हुन् ।

Advertisement

प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि संविधान नै संशोधन गर्नुपर्ने बताए ।