काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूले आज काठमाडौंमा प्रशिक्षण दिने भएका छन् । काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा दिउँसो १ बजे संयुक्त प्रशिक्षण कार्यक्रम रहेको छ ।
उक्त कार्यक्रममा सत्ता गठबन्धनमा रहेका सबै दलका नेता तथा कार्यकर्ता सहभागी हुनेछन् भने सत्ता गठबन्धनका शीर्ष नेताहरु नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र काँग्रेस नेता प्रकाशमान सिंहलगायतले प्रशिक्षण दिने जानकारी दिए ।