November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

एकीकृत समाजवादीले सर्तसहित प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सम्पन्न भएको छ । समाजवादीको आज बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अहिलेलाई विश्वासको मत दिने तर त्यसमा सर्त रहने निर्णय गरेको हो ।

छलफलले अहिलेलाई विश्वासको मत दिइने र एजेण्डाहरु राखिने निष्कर्ष निकालेको छ । एजेण्डहरु पुरा नगरे कुनैपनि बेलामा त्यहाँबाट फर्कन सक्ने ठाउँ सुरक्षितट गरेको र प्रतिपक्षको भूमिका निर्वाह गर्ने भूमिका रहेको बैठकको निर्णय रहेको छ ।

राष्ट्रियता, शुसासन, देशको विग्रदै गएको अर्थतन्त्र लगायत धेरै सर्तहरु रहेको र यसको सुधारका लागि पार्टी अध्यक्षले संसदमा आफ्नो विचारहरु राख्ने र त्यसको आधारमा धारणाहरु बनाउदै जाने एकीकृत समाजवादी पार्टीले जनाइएको छ ।

Advertisement