November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

बालकोटमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मंगलबार मात्र प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओलीले दाहालसँग छलफल गरेका थिए भने
बुधबार बिहान प्रधानमन्त्री प्रचण्ड बालकोटस्थित ओली निवास पुगेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि गृह, शिक्षा र श्रम मन्त्रालयको पनि जिम्मेवारी आफै सम्हालिरहेका प्रधानमन्त्री प्रचण्डले जनता समाजवादी पार्टी र एकीकृत समाजवादीलाई सरकारमा ल्याउन गृहकार्य थालेका छन् । यसअघि उनले वन र युवा तथा खेलकुद मन्त्रालयको पनि आफैले जिम्मेवारी हेर्दै आएका थिए ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट भइरहेको छ । राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने भन्दै काँग्रेससँगको सहकार्यमा माओवादीले संकेत जनाएपछि एमाले संशकित भएको छ । एमालेले पूर्वसहमतिअनुसार नै आफूले राष्ट्रपति पद पाउनुपर्ने बताउँदै आएको छ ।

Advertisement