November 10, 2026, Tuesday
२०८३ कार्तिक २५
1:37:26 pm

राजनीतिक संयन्त्रको बैठकमा तीन पार्टीका नेता गएनन्, रास्वपालाई पुनः सरकारमा आउन आग्रह

काठमाडौं । सत्तासाझेदार दलहरु सम्मिलित नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पुनः सरकारमा आउन आग्रह गरिएको छ ।

बालुवाटारमा शुक्रबार बिहान बसेको बैठकमा रास्वपालाई सरकारमा ल्याउने बारेमा छलफल भएको हो । सरकारबाट बाहिरिएको रास्वपाले समर्थन भने कायमै राखेको छ । बैठकमा राष्ट्रपति निर्वाचन, समसामयिक राजनीतिक घटनाक्रम, सुदूरपश्चिम सरकार लगायतका विषयमा छलफल भएको बताइएको छ ।

दुई महिना नपुग्दै रास्वपा बाहिरिनु, राष्ट्रपतिमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको अडान लिनुजस्ता विषयमा गठबन्धनमा खटपट देखिएको छ । बिहीबार मात्रै नागरिक उन्मुक्तिले विश्वासको मत नदिँदा एमाले नेतृत्वको सुदूरपश्चिम सरकार ढलेको छ ।

Advertisement

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी थिए । जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका नेता भने उपस्थित भएनन् ।