काठमाडौं । पार्टीलाई ‘जगैदेखि बलियो’ बनाउने भनेर नेकपा एमालेले घोषणा गरेको ‘मिसन ग्रासरुट’अभियान शुक्रबारदेखि सुरु गरको छ । अभियानअन्तर्गत नेताहरुले प्रदेशमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन्। अध्यक्ष केपी शर्मा ओलीले भने भर्चुअल माध्यमबाट सम्बोधन गर्नेछन्।
यो अभियानका लागी एमालेले ‘जिल्ला र जिम्मेवारी’ शीर्षकमा पार्टी पदाधिकारीदेखि केन्द्रीय सदस्यहरुको जिम्मेवारी तोकिएको हो। पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई समग्र अभियान संयोजक भनिएको छ। यस्तै, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरुलाई प्रदेश स्तरीय अभिमुखिकरणको जिम्मेवारी तोकिएको छ।
मिसन ग्रासरुटमा खटिने नेताहरुका लागि ११ वटा काम तोकिएको छ। सदस्यता प्रदान गर्ने, प्रशिक्षण दिने, जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुव्यवस्थित गर्ने तथा पार्टी र समाजमा विशेष योगदान गरेकालाई सम्मान गर्ने, पार्टीका विषयमा रायसुझाव लिनेलगायत जिम्मेवारी तोकिएको बताइएको छ।
मिसन ग्रासरुटका लागि हुने अभिमुखीकरणका कमाण्डर, अनुगमनकर्ता र संयाेजनकर्ता
प्रदेश-१ मा
अभिमुखीकरण – उपाध्यक्ष अष्टलक्ष्मी शाक्य
अनुगमन – संयाेजन : सचिव टोपबहादुर रायमाझी
स्थायी कमिटी सदस्यहरु : शेरधन राई, अग्निप्रसाद खरेल, राजेन्द्रप्रसाद गौतम र हिक्मत कार्की
मधेश प्रदेश
अभिमुखीकरण – वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल
अनुगमन – संयाेजन : सचिव रघुवीर महासेठ अनुगमन
स्थायी कमिटी सदस्यहरु : गुरुप्रसाद बराल, लालबाबु पण्डित र सीता पौडेल संयाेजन
वाग्मती प्रदेश
अभिमुखीकरण – उपाध्यक्ष सुरेन्द्र पाण्डे अभिमुखीकरण
अनुगमन – संयाेजन : सचिव गोकर्णराज विष्ट अनुगमन
स्थायी कमिटी सदस्यहरु : काशिनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङ संयाेजन
गण्डकी प्रदेश
अभिमुखीकरण – उपाध्यक्ष युवराज ज्ञवाली
अनुगमन संयाेजन : सचिव पद्मा कुमारी अर्याल
स्थायी कमिटी सदस्यहरु : किरण गुरूङ, खगराज अधिकारी र थममाया थापा
लुम्बिनी प्रदेश
अभिमुखीकरण – उपाध्यक्ष रामबहादुर थापा
अनुगमन संयाेजन : सचिव छविलाल विश्वकर्मा
स्थायी कमिटी सदस्यहरु : भीम आचार्य, भानुभक्त ढकाल र राजन भट्टराई
कर्णाली प्रदेश
अभिमुखीकरण – उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ
अनुगमन संयाेजन : सचिव योगेशकुमार भट्टराई
स्थायी कमिटी सदस्यहरु : यामलाल कँडेल, गोरखबहादुर बोगटी र शिवमाया तुम्बाहाङ्फे
सुदूरपश्चिम प्रदेश
अभिमुखीकरण – उपाध्यक्ष विष्णुप्रसाद पौडेल
अनुगमन संयाेजन : सचिव लेखराज भट्ट
स्थायी कमिटी सदस्यहरु : मणिचन्द्र थापा, विन्दा पाण्डे र कर्णबहादुर थापा
विशेष कमिटी (केन्द्रीय कार्यालय)
अभिमुखीकरण – महासचिव शंकर पोखरेल
अनुगमन संयाेजन : उपमहासचिव प्रदीप ज्ञवाली
उपमहासचिवहरु : पृथ्वी सुब्बा गुरूङ, विष्णु रिमाल
कार्यालय सचिव डा. भीष्म अधिकारी