काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेसका नेताहरुलाई राष्ट्रपति निर्वाचनमा सहयोग गर्ने बचन दिएका छन् । आइतबार साँझ छलफलका लागि बालुवाटार पुगेका काँग्रेस नेताहरुलाई प्रचण्डले वचन दिएको जनाइएको छ ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न पार्टीको बैठक बस्नु अघिल्लो दिन काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला र महामन्त्री गगनकुमार थापासँग बालुवाटारमा छलफल गरेका थिए।
छलफलमा प्रधानमन्त्री प्रचण्डले काँग्रेसलाई राष्ट्रपति दिने वचन दिएको र यो कुरा सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि भनिसकेको सुनाएको स्रोतले जनाएको छ ।