November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

हुँदै नभएको घटनामा संलग्न भएको भन्दै मलाई आधारहीन आरोप लाइयो:पूर्वगृहमन्त्री खाँण

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणले नक्कली शरणार्थी प्रकरणमा आफूविरुद्ध तथ्यहिन कुराहरू सञ्चारमाध्यममा आएको बताएका छन् । शनिबार एक विज्ञप्ति सार्वजनिक गर्दै खाँणले आधारहिन, तथ्यहिन र आफू संलग्न हुँदै नभएको घटनामा संलग्न भयो भन्दै समाचार आएको बताएका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘आधारहिन, तथ्यहिन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्योल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार संप्रेशित नगरी दिनुहुन अनुरोध छ ।’

२०७८ असार २९ मा गृह मन्त्रालयको नेतृत्वमा आएलगत्तै खाँणले नियुक्त गरेको सचिव टेकनारायण पाण्डेले खाँणको नाम लिएका थिए । पाण्डे अहिले प्रहरी हिरासतमा छन् ।

Advertisement

डेढ वर्ष गृहमन्त्री भएका खाँण पटकपटक झापा पुगेको जिल्ला प्रशासनका अधिकारीहरूले पनि बताएका छन्। शरणार्थी समस्याको कुरामा मात्र होइन, दुलाल–भण्डारीको टोलीमा पनि उनी आएको उनीहरूको दाबी छ ।