November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

प्रतिनिधि सभा बैठक आज पनि बस्दै, प्रधानमन्त्री प्रचण्डले प्रश्नको जवाफ दिने

काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । बैठक दिउँसो ४ बजेदेखि सुरु हुने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

सरकारको नीति तथा कार्यक्रममा छलफल भइरहेको छ । नेकपा एमालेले शुक्रबारको बैठकमा भने अवरोध गरेको थियो । नीति कार्यक्रम पारित गर्ने तयारीमा रहेकोका बेला एमालेको अवरोधका कारण बैठक लम्बिएको हो ।

आजको बैठकमा धानमन्त्रीले जवाफ दिएपछि यही जेठ ५ गते संसदमा पेश भएको नीति तथा कार्यक्रम पारित हुनेछ ।

Advertisement