November 13, 2026, Friday
२०८३ कार्तिक २७
1:37:26 pm

गणतन्त्र दिवसको अवसरमा रेशम चौधरीसहित १८ जना रिहा हुँदै

काठमाडौं। गणतन्त्र दिवसको अवसरमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा हुने भएका छन् । मन्त्रिपरिषद्ले आममाफी र माफीमिनाहासम्बन्धी व्यवस्थाअनुसार १८ जनालाई रिहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो। 

संविधानको धारा २७६ मा माफीसम्बन्धी व्यवस्था छ । जसमा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तबी, परिवर्तन वा कम गर्न सक्ने उल्लेख गरिएको छ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले गृहको प्रस्तावअनुसार यस्तो निर्णय गरेको जनाइएको छ ।

Advertisement