काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा आर्थिक वर्ष २०८०÷८१ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको छलफल हुनेछ ।
सोमबारबाट प्रारम्भ भएको बजेटमाथिको छलफलमा सत्ता पक्षका सांसदहरूले कार्यान्वयनमा जोड दिएका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बजेट सच्याउन माग गरेको छ ।