November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो ।

संसद् भवन बानेश्वरमा बस्ने बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि सैद्धान्तिक छलफल हुने बताएको छ ।

सरकारले गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट ल्याएको थियो । बजेटमाथि टिप्पणी गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सच्याउन भनेको छ ।

Advertisement

त्यस्तै अरू प्रतिपक्षी दलहरूले पनि यसले अर्थतन्त्रको अहिले बेहोरिरहेको समस्या समाधान गर्न नसक्ने टिप्पणी गरेका छन् ।