धनकुटा । पूल बन्ने बजेट रकमान्तरण गरेपछि धनकुटा नगरपालिकाको भिरगाँउ र ताङ्खवा जोड्न फड्के साँघु गाउँलेहरुले निर्माण गरेका छन् ।
धनकुटा नगरपालिकाको कार्यालय र धनकुटा हाट बजार आवतजावत गर्ने निबुवा खोलामा फड्के साँघु बनाएको हो । “पुल बन्दै गरेको दृश्यले भावुक बनाएको छ” धनकुटा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष विकास घिमिरेले फेसबुकमा लेखेका छन् ।
अध्यक्ष घिमिरेको अनुसार उक्त ठाउँमा मोटरेवल पुल, झोलुङ्गे पुलको बजेट परे पनि बजेट अन्यत्र लगेका हुन् ।
“विश्व बैंकबाट आएको बजेटको पनि खिचडी राम्रै पाक्दैछ । उक्त ठाउँको बाटो र पुल बनाउन लागि पर्ने प्रतिबद्धता ब्यक्त गर्दछु ।” घिमिरेले लेखेका छन् ।