November 9, 2026, Monday
२०८३ कार्तिक २४
1:37:26 pm

निर्मलाको बलात्कारी खोज्नेहरु प्रहरी नियन्त्रणमा

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली सहभागी धनगढीको जनसभामा ‘निर्मला पन्तका बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाउने युवाहरु पक्राउ परेका छन् ।

प्रधानमन्त्री ओलीले सम्बोधन गरेको नेकपा ओली पक्षको प्रदेशस्तरीय जनसभामा निर्मला पन्तका बलात्कारी खै लेखिएको टिसर्ट लगाएका आधादर्जन युवा युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

धनगढीको कार्यक्रममा सम्बोधन गर्नका लागि ओली संसद विघटनपछि पहिलो पटक काठमाडौं उपत्यकाबाहिर निस्किएका थिए ।

Advertisement