November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

प्रधान न्यायधिसमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिश

काठमाडौँ । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सर्वोच्च अदालतका प्रधानन्यायाधीशमा सिफारिश भएका छन् ।

बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिश गरेको हो। संवैधानिक परिषद्का एवं राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले परिषद्को बैठकले श्रेष्ठको नाम सिफारिश गरेको बताए।

न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि श्रेष्ठसहित ११ जनाको रोस्टर पठाएको थियो। रोस्टरको पहिलो नम्बरमा रहेका श्रेष्ठको नाम सिफारिश भएको हो ।

Advertisement

अब संसदीय सुनुवाइ समितिमा उनको नाममाथि सुनुवाइ हुनेछ। सुनुवाइ समितिले पारित गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त गरिने संवैधानिक व्यवस्था छ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले यही साउन २० गते अनिवार्य अवकाश लिँदै छन् । त्यसपछि श्रेष्ठले सर्वोच्च अदालतको तेतृत्व गर्नेछन्। उनको कार्यकाल आगामी २०८१ असोजसम्म हुनेछ।

बैठकले अहिलेको समसामयिक राजनीतिक विषयमा पनि छलफल र विभिन्न निर्णयहरू गरेको छ ।