काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले २९९ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन व्यक्त गरेकी छन्।
गोरखाका राजा शाहले गरेको एकीकरणले विविध धर्म, संस्कृति, भाषा र परम्परालाई संरक्षण गरी सबल राष्ट्रिय एकता निर्माण गर्ने फराकिलो आधारभूमी तयार गरेको जनाउँदै राष्ट्रपतिले बहुलताबीच सदभावपूर्ण एकता र राष्ट्रिय सामर्थ्यको सदुपयोग गर्दै अघि बढ्न सके मुलुकले विकासमा फड्को मार्ने विश्वास व्यक्त गरेकी छन्।
‘पुर्खाको त्याग, बलिदान र समर्पणको जगमा निर्माण भएको राष्ट्रलाई समुन्नत बनाउने गहन दायित्व आज हाम्रो काँधमा आएको छ‚’ विज्ञप्तीमा उल्लेख छ।