काठमाडौं- निर्वाचन सम्बन्धी सम्पूर्ण गतिविधि रोक्न माग गर्दै नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको समूह निर्वाचन आयोगमा पुगेको छ।
पार्टीको आधिकारिक पत्र लिएर निर्वाचन आयोगमा अध्यक्षद्वय प्रचण्ड र नेपाल, लिलामणि पोखरेल लगायत केही स्थायी कमिटी ससस्यहरु पनि पुगेका छन्।
संसद विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा भएकाले त्यसलाई प्रभावित गर्ने गरी निर्वाचन सम्बन्धी सम्पूर्ण गतिविधि बन्द गर्न निर्वाचन आयोग पुगेको पोखरेलले बताए।